Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारभारतीय दुताबासलाई नेविसंघको ज्ञापनपत्र

भारतीय दुताबासलाई नेविसंघको ज्ञापनपत्र


काठमाण्डौ,  नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ ।

नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा पुगेर नेपाली भूमि भारतको नक्साबाट हटाउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

त्यस अवसरमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताहरुले भारतीय दूतावास अगाडि ‘गो व्याक इन्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’, ‘अतिक्रमण गरिएका नेपाली भूमि फिर्ता गर’ भन्दै भारतविरुद्ध नाराबाजी गरेका थिए ।

कालापानी लगायतका नेपाली भूमि समावेश गरिएको भारतीय नक्सा सार्वजनिक भएपछि नेपाल विद्यार्थी संघले त्यसको विरोधमा काठमाडौँको लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस