गृहपृष्ठ ∕ समाचार ∕ उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै दीप संञ्चार कात्तिक २१, २०७६ गते ११:५२ मा प्रकाशित काठमाण्डौ, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।२४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन ।मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्तीसन्दीपमाथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्