गृहपृष्ठ ∕ समाचार ∕ उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै उम्मेदवारको मनोनयनपत्र दर्ता हुदै दीप संञ्चार कात्तिक २१, २०७६ गते ११:५२ मा प्रकाशित काठमाण्डौ, मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । आजै दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । भोलि उम्मेदवारको विरोधमा उजुरी दिन सकिने र पर्सि कात्तिक २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।२४ गते दिउँसो १ बजेसम्म नाम फिर्ता लिने समय दिइएको र सोही दिन ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।प्रतिनिधिसभाको कास्की २ र प्रदेशसभा अन्तर्गत भक्तपुर १ (क) बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ कास्कीमा नेकपाले विद्या भट्टराई र कांग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।प्रदेशसभा सदस्यतर्फ भक्तपुरमा नेकपाका देवीप्रसाद ढकाल र कांग्रेसका कृष्ण भँडेल, बाग्लुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र कांग्रेसका जीत शेरचन तथा दाङमा नेकपाकी बिमला वली र काँग्रेसका केशव आचार्यले उम्मेदवारी दर्ता गर्दैछन ।मंसिर १४ गते नै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी दर्ता कात्तिक २७ गते गरिने निर्वाचन आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल