Techie IT
×
गृहपृष्ठसमाचारसुकुटेमा भयानक बस दुर्घटना हुनुको कारण यस्तो छ, मृत्युको मुखमा पुगेर फर्किएकी यी महिलाको भनाई सहित (पुरा भिद्यियो)

सुकुटेमा भयानक बस दुर्घटना हुनुको कारण यस्तो छ, मृत्युको मुखमा पुगेर फर्किएकी यी महिलाको भनाई सहित (पुरा भिद्यियो)


काठमाडौंं, सिन्धुपाल्चोकको सुकुटेमा आज दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा परी घाइते भएकाको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा बस सुनकोशी नदीमा खसेको थियो ।

सो दुर्घटनामा परी घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको ४८ जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेल अस्पतालमा उपचार भइरहेकामध्ये १४ जना उपचारपश्चात् घर फर्किसकेको र चार जनालाई थप उपचारका लागि काठमाडाँै पठाइसकेको छ ।

मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ्गेश्वरी गाउँपालिका–५ की ५२ वर्षीया चेतकुमारी बस्नेत रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइतेमध्ये तीन जनाको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका वडा नं ४ का छ वर्षीया सलिना तामाङ रहेका छन् । घाइतेका अनुसार भैँसेमा खाना खाएपछि गुडेको गाडी तीव्र गतिमा रहेको र सुकुटेमा आइपुगेपछि गाडी बल्ड्याङ खाएर नदीमा खसेको थियो ।

तीव्रगति र बढी लोडका कारण दुर्घटना :

सो गाडीमा यात्रारत रहेका घाइतेका अनुसार क्षमताभन्दा बढी लोड गाडी तीव्रगतिमा चलाएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । सुनकोशी गाउँपालिका–६ सानुपाखरका घाइेत लोकबहादुर थापाका अनुसार भैँसेमा खाना खाएपछि गाडी एकदम तीव्रगतिमा गुडाएको थियो । यता सुकुटे आइसकेपछि घुम्ती जस्तो ठाउँमा एकपटक घटक्क गरेको आवाज सुन्नेबित्तिकै एकैचोटी बल्ड्याङ खाएर गुल्टेको उनले बताए ।

“गाडी एक्कासी गुल्टेपछि नदीमा डुब्यो । म चाहिँ सिट पन्छाएर बाहिर निस्केपछि पाँच जनाजति महिला र पाँच जना बच्चालाई तानेर निकाले। त्यसपछि आफैँ श्वास फेर्न नसकेपछि फर्केर हेर्दा आफ्नै बूढी पनि छट्पटिएर बसेको रहेछ”, उनेले थपे, “बल्लबल्ल उनलाई तानेर बाहिर ल्याएर माथि आएपछि ट्रकमा चढेर अस्पताल आएको हुँ ।”

घाइते भेट्न जनप्रतिनिधि अस्पतालमा :

दुर्घटनामा परी घाइते भएकाको अवस्था बुझ्न दोलखाका जनप्रतिनिधि धुलिखेलस्थित अस्पतालमा पुगेका थिए ।

अस्पतालमा उपचार गराइरहेको घाइतेहरुको अवस्था बुझ्न दोलखाका पूर्वपर्यटनमन्त्री आनन्द पोख्रेल, सङ्घीय सांसद पार्वत गुरुङ र शैलुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष किरण बस्नेत लगायतले घाइतेको उपचारमा सहज बनाउन र आवश्यक व्यवस्थापनका लागि सहयोग भइरहेको बताए । पूर्वमन्त्री आनन्द पोख्रेलले घटनामा घाइते भएकाका उपचारमा अस्पताल व्यवस्थापनपक्षसँग र अरनिको यातायातसँग पनि कुरा गरिसकेको बताए ।

दोलखा जिल्लाबाट सङ्घीय सांसद पार्वत गुरुङले घाइतेहरुको उपचारका लागि आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकरी गराए । घाइतेको उद्धार र निःशुल्क उपचारको व्यवस्थाका निम्ति लागिरहेको उनको भनाइ छ ।

शैलुङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष  किरण बस्नेतले यातायात प्रालीले दुर्घटनाप्रति बेवास्ता गरेको बताए । एकातिर घाइते धेरै भएकाले अस्पतालमा उपचारमा समस्या हुनु र अर्काेतिर समितिका कुनै पनि मान्छे घटना घटेको चार घण्टा बितिसक्दासमेत कोही कसैले अवस्था बुझ्न नआएको बस्नेतले बताए ।

सुकुटेमा १७ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण चालकको लापरबाही भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस