गृहपृष्ठ ∕ समाचार ∕ नेकपाका नेता सुबेदीलाई हृदयघात नेकपाका नेता सुबेदीलाई हृदयघात दीप संञ्चार कात्तिक १८, २०७६ गते २०:०८ मा प्रकाशित काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झक्कु प्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी सुवेदीलाई नर्भिक हस्पिटल लगिएको थियो ।नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सामान्य सर्जरी पछि सुवेदीको अवस्था सामान्य रहेको उनका सहयोगी देव चौलागाईंले बताए ।२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र न २ का तात्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार भइ तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पराजित गर्दै बिजयी भएका थिए । सुवेदी हालको नेकपाका केन्द्रीय सम्पर्क मञ्चका सहसंयोजक हुन् ।उनलाई दाङको प्रहरी हिरासतमा रहेका छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न जाने क्रममा हृदयघात भएको हो । उनका छोरा सन्तोष सरकाद्वारा प्रतिवन्धित विप्लव नेकपाका रोल्पा इन्चार्ज हुन् । उनी केही समय अघि दाङको राजपुरबाट पक्राउ परेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप