गृहपृष्ठ ∕ समाचार ∕ नेकपाका नेता सुबेदीलाई हृदयघात नेकपाका नेता सुबेदीलाई हृदयघात दीप संञ्चार कात्तिक १८, २०७६ गते २०:०८ मा प्रकाशित काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झक्कु प्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी सुवेदीलाई नर्भिक हस्पिटल लगिएको थियो ।नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सामान्य सर्जरी पछि सुवेदीको अवस्था सामान्य रहेको उनका सहयोगी देव चौलागाईंले बताए ।२०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौँ क्षेत्र न २ का तात्कालिन नेकपा माओवादीका तर्फबाट उम्मेदवार भइ तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पराजित गर्दै बिजयी भएका थिए । सुवेदी हालको नेकपाका केन्द्रीय सम्पर्क मञ्चका सहसंयोजक हुन् ।उनलाई दाङको प्रहरी हिरासतमा रहेका छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई भेट्न जाने क्रममा हृदयघात भएको हो । उनका छोरा सन्तोष सरकाद्वारा प्रतिवन्धित विप्लव नेकपाका रोल्पा इन्चार्ज हुन् । उनी केही समय अघि दाङको राजपुरबाट पक्राउ परेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारम्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्याकांग्रेसको पदाधिकारी बैठक बस्दैसिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्याअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु