कृषि पेशा सम्मानित पेशा हो : सांसद चौधरी
दाङ्ग, प्रतिनिधि सभाका सदस्य मेटमणि चौधरीले कृषि पेशा सम्मानित पेशा भएको बताएका छन् । कृषि पेशालाई सम्मानित पेशाको रुपमा स्थापित गर्न र्बतमान सरकार लागी परेको चौधरीले बताए ।
हिजोका दिनहरुमा कृषि पेशा गरिब, र बिपन्न समुदायको मात्र पेशा हो भन्ने बुझाईका कारण कृषि प्रधान देश नेपालमा कृषि पेशा फस्टाउन नसकेकोले बर्तमान सरकारले कृषकलाई प्रोत्साहन गरि कृषि पेशालाई आधुनिकिरण र ब्याबसायिककरण गर्नका लागी कृषिमा लाग्ने लागत, खर्च, कृषि अनुदानको ब्यबस्था कृषि बिमा जस्ता कार्यक्रमलाई योजनागत रुपमा अघि सारेको चौधरीले बताए ।
उनले थोरै उत्पादन धेरै लागत लाग्ने परिपाटिलाई अन्त्य गर्दे थोरै लागतमा धेरै उत्पादन गरि कृषि उधम र स्वरोजगारका अबसर श्रृजना गर्ने गरि सरकारले कृषि क्षेत्रमा आधुनिकिकरणको योजना ल्याएको बताए । कृषि औधोगिक क्षेत्र सुपरजोन मकै दाङको सचालन समिति पुर्नगठन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चौधरीले यस्तो बताए ।
सुपरजोन सचालक समितिका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सासद रेवती रमण शर्माले देशको समृद्धिको मुख्य आधार कृषि भएकोले कृषिलाई ब्याबसायिक र औजारिकरण गर्दे कृषिमा उत्पादन बढाएर देशलाई समृद्धिको दिशामा अघि बढाउन प्रदेश सरकार लागी परेको बताए । कृषि क्षेत्रमा ब्याबसायिकरणको लागी सरकारले स्मार्ट कृषिगाउ बनाएको बताए ।
त्यस्तै अर्का प्रदेश सभा सदस्य ईन्द्रजित थारुले अबको उत्पादन भनेको किसानका खेतबाट सिधै उद्योगमा लैजाने परिपाटी भयो भने कृषिमा बिकाश हुने, अधिया बटैया नभई कृषि मजदुरको रुपमा किसानलाई प्रयोग गरिनु पर्ने र किसानको चेतना बदल्नु आबश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले र्बतमान कृषि निति र कृषि नितिले कृषकको पक्षमा आत्मसाथ गरेका कुराहरुलाई ब्यबहारमा उतार्न सके कृषिको बिकाश हुन सक्ने बताईन ।
कृषि औधोगिक क्षेत्र सुपरजोन मकै दाङको सचालन समितिका संयोजक हुकुम बहादुर बस्नेतले अबको दस बर्ष भित्र किसान उत्पादकमुखी भएन भने खाद्यान्न पाउनका लागि सोर्स लगाउनु पर्ने बाध्यता रहने बताए । बिगतका दिनमा तोरि, मसुरो ,मकै ,गहुँ नेपालबाट भारत पैठारी गरेको तर अहिले भारतकै भर पर्नु पर्ने बाधयता रहेको उनको भनाई छ ।
सचालक समितिका उपसयोजक देउमणी चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सुपरजोन लमही दाङका प्रमुख महेश रेग्मीले सुपरजोन अन्र्तगत हाल सम्म भएका कार्य प्रगति बिबरण र र्बतमान अबस्थाको बोरेमा जानकारी गराएका थिए ।
कहां–कहां लागु भएको छ यो कार्यक्रम-
मकै सुपर जोन कार्यक्रम देउखुरीका ४ वटा स्थानीय तहका बिभिन्न गाउमा लागू भएको छ । यहाका किसानले हिउदे,बसन्ते र बर्षे गरि तीन सिजनमा मकै खेती गर्दै आएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दाङका प्रमुख महेश रेग्मीका अनुशार यो कार्यक्रम आगामी २०७८÷०७९ सम्म यो क्षेत्रमा रहेर काम गर्ने भएको छ । परियोजनाले कार्यक्रमलाई सफल बनाउन थुप्रै प्रकारका रणनीति अपनाएको छ ।
यस बर्ष देखि बिभागले प्रदेश न ५ का अर्घाखाचीमा बाख्रा, पश्चिम नवलपरासीमा गहुं र दाङ्गमा मौरी पालन गरि थप तीन वटा कार्यक्रम लागू गरेको छ । हाल सम्म प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत संचालन भएको मकै खेती समग्रमा सन्तोषजनक रहेको बरिष्ठ अधिकृत रेग्मीले बताए ।
कार्यक्रममा देउखुरीको राजपुर, गढवा, राप्ती गाउपालिका र लमही नगरपालिका अन्र्तगतका ६१ वटा कृषि समुह सहकारीका कृषकहरुको सहभागिता थियो । कार्यक्रमको सचालन कृषि अधिकृत कुसुम भुसालले गरेकी थिइन् ।
यसै बीच कृषि औधोगिक क्षेत्र सुपरजोन मकै दाङको सचालक समितिको नयां कार्य समिती चयन भएको छ । सहकारीमा आबद्द भएका समुहका व्यक्तिहरुलाई कार्य समितीमा चयन गरिएको हो ।
जसको संयोजकमा देउमनी चौधरी, उप संयोजकमा भीमार्जुन सुबेदी, सचिबमा शालिकराम जैशी,सह सचिबमा जमुना खनाल, र अन्य सदस्यहरुमा राज कुमारी चौधरी,टुनुराम चौधरी,राम बहादुर चौधरी,तिलक बहादुर केसी र सुनिता चौधरी रहेका छन् ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस