गृहपृष्ठ ∕ समाचार ∕ म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु म्याग्दीमा बस दुर्घटना ४ को मृत्यु दीप संञ्चार कात्तिक १७, २०७६ गते २१:३२ मा प्रकाशित काठमाण्डौ, दोलखाबाट काठमाण्डौ आउदै गरेको यात्रु बस दुर्घटना भएको केहि समय बित्न नपाउदै म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा पनि आज आइतबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थल मै ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा रवि जुग्जाली र आयुष जुग्जालीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले बताए । अन्य दुई मृतकको भने सनाखत हुन सकेको छैन । दुर्घटनामा परि १८ जना घाइते भएका छन् ।घाइतेको दरवाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि बेनी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नम्बरको बस बिमको घुम्तीमा दुर्घटना भएको हो ।प्रहरी निरीक्षक शर्माका अनुसार मृतकको शव गाडीले च्यापिएको अवस्थामा भेटिएका थिए । बसमा ३० जना यात्रु रहेको बुझिएको छ ।कच्ची सडकको घुम्तीमा बस मोड्ने क्रममा दुर्घटना भएको हुने सक्ने शर्माले बताए । मोबाइल नेटवर्कले काम नगरेकाले थप विवरण प्राप्त हुन सकेको छैन ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप