गृहपृष्ठ ∕ समाचार ∕ नेपाली सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान नेपाली सेनाले भित्र्यायो ५१ यात्रु सिट क्षमताको नयाँ विमान दीप संञ्चार कात्तिक १६, २०७६ गते १५:४८ मा प्रकाशित काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो ।विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग गर्ने उद्देश्यले विमान खरीद गरिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । जम्मा ५१ यात्रु सिट क्षमताको उक्त विमानले प्यारा तालीममा रहेका ३५ सैनिकलाई एकैपटक बोक्न सक्छ ।कासा विमान कम्पनीबाट उत्पादित सो विमानले पहिलो उडान सन् १९८३ नोभेम्बर ११ मा गरेको थियो । उक्त कम्पनीका विमान सबैभन्दा धेरै प्रयोग टर्की फ्रान्स, मलेसियालगायत मुलुकले गर्दै आएका छन् । कल साइन सिएन २३५–२०० विमान नेपाली सेनाले तीन करोड अमेरिकी डलरमा खरीद गरेको हो । यो विमानसहित नेपाली सेनासँग अब विमान र हेलिकप्टरको सङ्ख्या गरी २० पुगेको छ ।सेनाले अहिले विशिष्ठ व्यक्तिका लागि तीन हेलिकप्टर, मध्यबेसमा हेलिकप्टर र जहाज गरी १४ तथा पश्चिम बेसमा दुई हवाई साधन परिचानको व्यवस्था गरेको छ । सेनाका लागि अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने चारमध्ये दुई वटा ‘स्काइ ट्रक’ आगामी डिसेम्बर महिनामा आउनेछन् ।त्यसैगरी अर्को वर्ष एक थान जहाज आउनेछ भने सन् २०२१ मा एयर एम्बुलेन्स अमेरिकाबाट प्राप्त हुने नेपाली सेनाले जनाएको छ । मुलुकको आन्तरिक उडानका लागि अहिले १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । नेपालबाट तीन स्वदेशीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारट्रक र कार ठोक्किँदा तीन जनाको मृत्युखुकुरी प्रहार गरी दुई जनाको हत्याअब कतारबाटै ई पासपोर्ट बनाउन सकिनेजीप दुर्घटना हुँदा २ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट ट्रक र कार ठोक्किँदा तीन जनाको मृत्यु यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर युक्रेन अतिक्रमण गर्न रुसले ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी देउवा-दाहाललाई एमसिसीको जवाफ : फागुन १६ भित्र अनुमोदन गर्नुस् खुकुरी प्रहार गरी दुई जनाको हत्या अब कतारबाटै ई पासपोर्ट बनाउन सकिने प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै ओली प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?