गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाकोखालबाट पक्राउ प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाकोखालबाट पक्राउ दीप संञ्चार कात्तिक १६, २०७६ गते १०:५२ मा प्रकाशित काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडेलाइृ प्रहरीले नियन्त्रणमा लिएको छ ।उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति काठमाडौँको सामाखुसीबाट एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।एडिसी शाही सहित आठजनालाई प्रहरीले सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट नियन्त्रणमा लिएको बताएको छ । शाही सहित पक्राउ परेकालाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।प्रहरीको नियन्त्रणमा पर्नेमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् ।त्यस्तै रामेछाप सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन् ।कर्तव्य ज्यान, लागुऔषधलगायत केही गम्भीर किसिमका अपराधबाहेक अन्य अपराधमा संलग्न सैनिकलाई सेनाले नै आन्तरिक कारबाही तथा कैद सजाय गर्ने कानुनी व्यवस्था छ । शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट