नेपालको सबैभन्दा ठूलो सेल ११.११को लागी दराजको यस्तो छ तयारी
अलीबाबा ११.११
संसारकै सबैभन्दा ठूलो सेल अलिबाबा को ११.११ सेल नजिकिँदै छ । पहिले चीनमा मात्र सिमित उक्त सेल अहिले संसार भरि एउटा मनोरन्जनात्मक सेल डेको रुपमा चिनिन थालेको छ । यो सेल अहिले अलिबाबासँग सम्बधित देशहरु तथा दराजले व्यापार गर्ने नेपाल लगायत अन्य देशहरुमा पनि हरेक वर्ष नोभेम्बर ११ को दिन हुने गर्दछ ।
दराज ११.११
अलिबाबाद्वारा अधिग्रहण गरिएपछि दराजले सन् २०१८ को नोभेम्बर ११ अर्थात २०७५ कार्तिक २५ गते नेपालमा ११.११ आयोजना गरेको थियो । उक्त दिनमा दराजले साधारण दिन भन्दा ८० गुणा बढि व्यापार गरेको थियो साथै २ लाख भन्दा बडि उपभोक्ताहरु, १ हजार भन्दा बढी बिक्रेता तथा ब्राण्डहरु एकै दिन दराज एपमा जम्मा भएका थिए । त्यो सच्चिनै नेपालको सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको हुन पुगेको थियो ।
नेपालमै पहिलो पटक विद्युतीय भुक्तानी सेवाको सुरुवात गरेर दराजले यसपालीको ११.११ सेल डेले अझै ठूलो बनाउने भएको छ ।
यस एक दिने महा अभियानको बारेमा दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंग भने, ‘गतसालको सफलता तथा परिणामहरूबाट सिक्दै यसपाली हामी उपभोक्ताहरुलाई झनै राम्रो र साच्चिनै रमाइलो एकदिनको सेलको अनुभूति दिन चाहान्छौं । हामी उपभोक्ताहरुलाई सबैभन्दा राम्रो सेवा प्रदान गर्न अझै बढी जनशक्ति तथा सामानहरु थपेका छौं । इन–एप गेमहरु, मेगा भौचरहरु, उपहारहरु, र खास छूटहरु तथा सामाजिक सञ्जाल मा प्रत्यक्ष प्रशारण हुने रमाइलो भिडियोहरुले गर्दा यो यसवर्ष कै ठूलो हाइलाइट हुने अनुमान छ ।’
दराज को तयारी
यस साल को ११.११ अभियान मा दराजसँग ३ हजार हजार भन्दा बढी बिक्रेता गरि ३ लाख भन्दा बढी सामानहरु तथा ४ लाख भन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता हुने अनुमान छ । त्यस दिनमा मात्र हुने १ लाख अपेक्षित अर्डरहरुको लागि तयारी गर्न दराजले ४ सय थप डेस्क हिरोहरु (डेलिभरी राइडर) तथा ५० जना थप कस्टुमर केयर अगेंटहरु थपेको छ ।
साथै दराजले नेपाल भरिका दराज हबहरुमा कलेक्सन पोइन्ट सेवा सुरु गरेको छ जसले उपभोक्ताहरुको समय र पैसा बचाउनेछ । उपभोक्ताहरुले आफुले पहिले पैसा तिरिसकेको समानहरु आफुलाई सजिलो पर्ने समयमा आफू नजिकैको दराज हबबाट लिन सक्नेछन् जसले गर्दा वितरण शूल्क तिर्नु पर्दैन ।
यसका साथ साथै सामानको गुणस्तर चेक गर्न दराजमा आझै धेरै फिचरहरु पनि थपिएका छन् जस्तो कि इमेज रिभ्यू र सेलरसँग प्रतक्ष्य च्याट गर्न मिल्ने सेवा । यी फिचरहरुले उपभोक्ताहरुलाई सहि सामान छान्न निकै सहयोग पुग्नेछ ।
साथै मशिन लर्निङ्ग अथवा आर्टीफिशियल इन्टेलिजेन्समार्फत दराजले उपभोक्ताहरुलाई आफूले खोजेको जस्तो समान खोज्न सहयोग त पुर्याइरहेको नै छ । समग्रमा यस वर्ष को ११.११ एक दिनको सेल अहिले सम्म कै सबै भन्दा ठूलो र उत्कयष्ट हुने अनुमान रहेको छ । रातोपटीबाट
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस