Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु

देउखुरीमा टेक्टर दुर्घटना ३ को मृत्यु


दाङ्ग, देउखुरीमा आज शुक्रवार टेक्टर दुर्घटना हुदा तिन जनाको घटनास्थल मै ज्यान गएको छ भने २६ जना घाइते भएका छन् ।

घाइते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको छ । देउखुरीको गढवा गाउपालिका वडा न ६ मनिकापुरबाट पिकनिक खान गएर फर्किने क्रममा सोहि गाउपालिका वडा न ५ को चिसापानी भन्ने ठाउमा रा १ त् २३९३ न को टेक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले सम्म तिन जनाको ज्यान गैसकेको दङ्ग प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले बताए ।

ज्यान जानेमा गढवा गाउपालिका वडा न ६ मनिकापुरकी १२ बर्षिया मिनु पुन, सिमा परियार र सुनिता पुन मगर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन । मृतकको शब् पोस्ट मार्टमका लागि लमही अस्पताल पठाईएको छ ।

घाइतेहरुको जिल्ला बाहिर रिफर गरिएको प्रहरी निरीक्षक थपलियाले बताएका छन ।


क्याटेगोरी : समाचार, प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस