गृहपृष्ठ ∕ समाचार ∕ तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत दीप संञ्चार कात्तिक १५, २०७६ गते १५:५६ मा प्रकाशित काठमाण्डौ, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगञ्जबाट पक्राउ परेका नगर सभापति सन्दीपजङ्ग शाहलाई प्रहरीले गलत मनसायका साथ फसाउन खोजेको आरोप लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै शाहलाई प्रहरीले फसाउन खोजेको उल्लेख गरेका छन् ।बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले शाहसहित ६ जनालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । तर तरुण दलले उक्त पेस्तोल प्रहरीले आफै बोकेर लगेको दाबी गरेको छ । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट तत्काल जाँच गर्न माग गरेका छन् ।‘प्रहरीद्वारा आफैले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन तरुण दल माग गर्दछ,’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप