गृहपृष्ठ ∕ आर्थिक ∕ नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि, पुग्यो २४ खर्ब ९ अर्ब अंकित रावल असार ८, २०८१ गते १८:५१ मा प्रकाशित काठमाडौं — नेपालको सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब पुगेको छ। अर्थ मन्त्रालय मातहत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको आँकडा अनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिना (साउन–जेठ) सम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ ऋण लिएको छ ।योसँगै कुल सार्वजनिक ऋण २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । हालसम्म आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब पुगेको छ।त्यस्तै, बाह्य ऋण १२ खर्ब ७० अर्ब पुगेको छ।सरकारले चालू आवको ११ महिनामा १ खर्ब ९७ अर्ब भुक्तानी गरेको छ ।२०८० असार मसान्तसम्म सार्वजनिक ऋण २२ खर्ब ९५ अर्ब ४३ करोड रुपैयाँ थियो ।पछिल्लो पाँच वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ। आर्थिक वर्ष २०७३र७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो।भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले ठूलो मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँ सार्वजनिक ऋण पुगेको थियो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड रुपैयाँ, आर्थिक वर्ष २०७७/७८ मा १७ खर्ब ३७ अर्ब ६३ करोड रुपैयाँ र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड रुपैयाँ बराबर पुगेको थियो ।क्याटेगोरी : आर्थिक, समाचारट्याग : #नेपालको सार्वजनिक ऋण दोब्बरले वृद्धि तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ