Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारअश्लिल शब्द प्रयोग गर्दै देउवाले गालि दिए

अश्लिल शब्द प्रयोग गर्दै देउवाले गालि दिए


काठमाडौं, विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका गालि दिएका छन् ।

गाली गर्दै पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरुलाई गाली गर्दै मुख छाडेका हुन् ।

कार्यालयको ‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका समयमा गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा औँला ठड्याउँदै देउवाले मा……,मु………,चि……..सहितका प्रयोग गरेर गाली गरेको एक विद्यार्थी नेताले बताए । सानेपामा कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरु प्रदर्शनमा उत्रेका थिए ।

देउवाले नेविसंघमा ५० वर्षका राजीव ढुंगानालाई सभापति बनाउन खोजेपछि नवराज पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी र अर्का नेता मनीष सिंखडासहितको अगुवाइमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस