गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज दीप संञ्चार वैशाख २५, २०८१ गते ११:१९ मा प्रकाशित काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय सदस्यमा एनआरएनए अभियन्ता डीबी क्षेत्री मनोनीत भएका छन । पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) को वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । प्रवासमा रहेर उनले पार्टीका लागि खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।यसबारेमा पार्टीले मातहतका कमिटीलाई सर्कुलर नै पठाएर जानकारी गराइसकेको छ । ओमानलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका क्षेत्री प्रवासमा पार्टीको संगठन विस्तारमा सक्रिय हुँदै आएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेता समेत रहेका उनी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकको हकहितका लागि सक्रिय रहँदै आएका छन ।उनले श्रमिकको पक्षमा काम गर्नका लागि विगतमा हजारे अभियान समेत सञ्चालन गरेका थिए । उनी मध्यपुर्वमा रहेका श्रमिकहरुबिच लोकप्रिय ब्यक्ति रहेका थिए ।श्रमिकहरुका बिच लोकप्रिय ब्यक्ति क्षेत्रीलाई केन्द्रीय सदस्य बनाएपछि माओवादीको प्रवासमा रहेका नेपालीहरुमा लोकप्रियता बढेको छ ।यस्तै माओवादी केन्द्रले दुई नेतालाई भने जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय सदस्यको भूमिकामा रहेका राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाइएको हो । उनीहरुले केही समयअघि पार्टी परित्यागको घोषणा गरेका थिए । ‘ पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्माले पार्टी परित्याग गरेको हुनाले उहाँहरु दुवै जनालाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ’, गुरुङले भने ।यस्तै पार्टीका केन्द्रीय सदस्य ओमनाथ ढुंगाना (ओम शर्मा)को जिम्मेवारी हेरफेर भएको छ । हाल प्रदेश समन्वय समितिका अध्यक्ष रहेका शर्मालाई पार्टीले एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो । केहीअघि सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समितिलाई समग्र तीन प्रदेशमा विभाजन गर्ने निर्णयअनुसार पार्टीले शर्मालाई एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी दिएको हो ।शर्माले प्रवास समन्वय समितिको नेतृत्वमा हुँदा प्रवासमा संगठन विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । एसिया समन्वय प्रदेश समितिको इन्चर्ज भने उपाध्यक्ष पम्फा भुसाल रहेकी छन ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप