गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसको पार्टी कार्यालयमा विद्यार्थीको नाराबाजी कांग्रेसको पार्टी कार्यालयमा विद्यार्थीको नाराबाजी दीप संञ्चार कात्तिक १५, २०७६ गते १५:४१ मा प्रकाशित काठमाण्डौ, विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विद्यार्थीहरुले कांग्रेसको मुख्यालय सानेपामा नाराबाजी गरेका छन् ।५० वर्ष पुगेका राजीव ढुंगालाई नेविसंघको सभापति बनाउन खोजेको भन्दै कुन्दन काफ्ले समूहका विद्यार्थीहरुले देउवालाई घेरेर नाराबाजी गरेका हुन् । उनीहरुले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका हुन् ।पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । कार्यालयको मूलगेटमा बसेका विद्यार्थीहरु देउवा आएपछि उनलाई पछ्याउँदै भित्रैसम्म नारा लगाउँदै गएका थिए । नेविसंघ नेता नवराज त्रिपाठी र मनीष सिंखडासहितका दर्जनौं विद्यार्थीले देउवाविरुद्ध प्रदर्शन र नाराबाजी गरेका थिए ।नाराबाजीमा सहभागीहरुले उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने माग गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल