गृहपृष्ठ ∕ ग्लोबल ∕ तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २, २०८१ गते ३:०३ मा प्रकाशित दोहा-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।तमु( गुरुङ)संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो।तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा समाजको हरेक गतिविधिमा आथिक,सामाजिक,भौतिक रुपले सहयोग गर्ने कलाकार,खेलाडी, चेलिबेटी,पत्रकार लगायत दुई दर्जन भन्दा बढी विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत तथा महासचिव डिजन गुरुङले सहजीकरण गरेका थिए।कार्यक्रममा तमु गुरुङ समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप