गृहपृष्ठ ∕ ग्लोबल ∕ तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न दीप संञ्चार वैशाख २, २०८१ गते ३:०३ मा प्रकाशित दोहा-तमु (गुरुङ) समाज कतारले चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।तमु( गुरुङ)संस्कारमा आधारित माइती र चेलीको सम्बन्धलाई सुमधुर राख्ने विशेष महत्त्व बोकेको तमु समुदायको महान पर्व माघे संक्रान्ति (माङी त्हे) को शुभ अवसरमा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो।तमु समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा समाजको हरेक गतिविधिमा आथिक,सामाजिक,भौतिक रुपले सहयोग गर्ने कलाकार,खेलाडी, चेलिबेटी,पत्रकार लगायत दुई दर्जन भन्दा बढी विभिन्न व्यक्तित्वहरुलाई दोसल्ला (क्रमु) फेटा (क्रेगी) तथा सम्मान पत्रले सम्मान गरिएको थियो ।तमुहरुको एकता,आजको आवश्यकता” भन्ने मुल नाराका साथ ग्रान्ड मलमा अवस्थित वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रमको समाजका प्रथम उपाध्यक्ष तेज गुरुङले स्वागत तथा महासचिव डिजन गुरुङले सहजीकरण गरेका थिए।कार्यक्रममा तमु गुरुङ समाजका माईती तथा चेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न