Techie IT
×
गृहपृष्ठसमाचारसुनको मूल्य फेरी नयाँ रेकर्ड

सुनको मूल्य फेरी नयाँ रेकर्ड


काठमाडौँ।  सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ ।

लगातार बढेको सुनको मुल्यले नयन रेकर्ड  कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो ।

आज सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । मूल्य बढेसँगै आज नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तोला १ लाख ३६ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ६ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुनचाँदी

तपाईको प्रतिक्रिया दिनुहोस