Techie IT
×
गृहपृष्ठसमाचारजेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर)

जेराे ईन्जिनियर माेटरसाईकल प्रा.लि काे ३ दिने बुलेट च्यारीटी राईड (फोटो फिचर)


काठमाडौँ – यहि चैत्र महिना ९ गते शुक्रबार को दिन सुरु भएको जेरो इन्जिनियरिङ मोटरसाइकल प्रा लि द्वारा आयोजित ३ दिने च्यारिटी राइड सम्पन्न भएको छ।

काठमाडौ काे सुकेधारा बाट सुरु भएको साे राईड मा काठमाडौ क्षेत्र नं.५ का माननीय सांसद श्री प्रदिप पौडेल र रोयल इन्फिल्ड का डिरेक्टर मेघराज पौडेलद्वारा उदघाटन गरि चितवन सौराहासम्मको यात्रा तय भएको थियो।

काठमाडौ देखि टिस्टुङ पालुङ,दामन हुदै हेटौंडा काे राेयल ईन्फिल्ड साेरुम भिजिट गरि बेलुकी चितवनको साैराहा हाेटेल सफारी मा बसेकाे जेराे ईन्जिनियरिङ प्रा.लि का संन्चाकल बिक्रम भट्टराईले जानकारी दिनुभयाे भने दाेस्राे दिन चितवनको राप्ती नगरपालिका-०३ मा रहेको श्री जनज्योति आधारभुत बिधालय का विध्यार्थी भाइबहिनी र विधालय लाई खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको राेयल ईन्फिल्ड टाडी काे साेरुम भिजिट गरी साेहि दिन सम्पूर्ण राईडर सहित समावेश गरेर बिभिन्न ४ बटा जेम संन्चालन गरी बेलुकी साेही हाेटेल मा लाईभ म्युजिक, गेममा सामिल प्रथम हुने राईडर लाई पुरस्कार बितरण र मायाकाे चिनाे हस्तान्तरण, सम्पूर्ण राईडर लाई शुभकामना , बिशेश धन्यवाद दिएको जेराेका अर्का संन्चालक जिवन थापाले जानकारी गराउनु भयाे ।

उक्त राइडमा जोडिनु भएका सहयोगि हातहरु ALPHA,MICHELLN, arunima education foundation ,pudasaini stationary and book center, रोयल इन्फिल्डका दिपेश श्रेष्ठ,सरोज श्रेष्ठ(बुलेट पासा) हेटौंडा इन्फिल्डर्स ,टाडी रोयल इन्फिल्ड सोरुम,lions club of Kathmandu global youth, सम्पुर्न्न crew member , रोड क्याप्टेन र सम्पुर्ण राइडर साथिहरु लाई धन्यवाद दिदै तेस्रो दिन हाेली खेल्दै सम्पूर्ण उपस्थित राईडर लाई हाेलीकाे शुभकामना दिदै, चितवन नारायणगढ, मुग्लिन हुदै जेराेमा आएर समापन गरिएको कुरा जानकारी गराउदै भन्नु भयाे विशेष सहयोग गर्नुहुने Royal Enfield Nepal लाई विशेष धन्यबाद दिन चाहन्छौ ।

आगामी दिनहरुमा पनि सम्पूर्ण उपस्थित राईडर, सहयोगी मनहरुको  साथ र सहयोग रहनेनै छ भन्ने बिश्वास छ। उक्त च्यारीटी राईडमा ६५ बटा बुलेट बाईक समाबेश भएका थिए ।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस