गृहपृष्ठ ∕ समाचार ∕ यस कारण शरीरमा निलो दाग बस्छ यस कारण शरीरमा निलो दाग बस्छ दीप संञ्चार चैत्र १३, २०८० गते १२:४४ मा प्रकाशित काठमाडौँ। कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।साधारणतया यस्तो डामलाई ‘बोक्सी’ले टोकेको भन्ने परम्परागत विश्वास रहेको पाइन्छ । तर, विशेषज्ञहरू भने शरीरमा देखिने यस्ता दाग वा निल डाम आन्तरिक रक्तस्रावका कारण हुने बताउँछन् ।शरीरको छालको कुनै भागमा चोट लाग्दा रक्त नलिमा क्षति पुग्न जान्छ । जसका कारण सम्बन्धित ठाउँमा रगत जमेर छालामा निलो डाम देखिने गर्छ ।यस्तो डाम आन्तरिक रक्तस्रावका कारण हुने चिकित्सकहरू बताउँछन् । आन्तरिक रक्तस्राव हुने कारण शरीरमा प्लेटलेट्सका कारण हुने गर्दछ ।एउटा स्वस्थ व्यक्तिको शरीरमा डेढ लाख देखि ४ लाखको हाराहारीमा प्लेटलेट्स हुने गर्दछ । यदि कुनै व्यक्तिको शरीरमा प्लेटलेट्को संख्या ४० हजार भन्दा कम रहेको अवस्थामा उक्त व्यक्तिमा गम्भीर समस्या उत्पन्न हुने खतरा बढेर जाने गर्दछ ।विशेष गरी, ३० हजार भन्दा कमको सङ्ख्यामा प्लेटलेट्स हुने व्यक्तिलाई हात, खुट्टाका साथै मस्तिष्क, पेट लगायतको भागबाट समेत आन्तरिक रक्तस्राव हुने सम्भावना अधिक हुने गर्दछ । यस्ता व्यक्तिलाई औषधीद्वारा प्लेटलेट्स बढाउने वा प्लेटलेट्स चढाउन सकिन्छ ।यस्तो समस्याबाट बच्न शरीरमा चोटपटक लाग्न नदिने, धारिलो हतियारको प्रयोग नगर्ने लगायत विशेष सावधानी अपनाउन जरुरी छ ।साभारक्याटेगोरी : समाचार, स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल