Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारकपिलवस्तुको जनजीबन सामान्य बन्दै

कपिलवस्तुको जनजीबन सामान्य बन्दै


काठमाण्डौ, लक्ष्मीपूजाको मूर्ति बिसर्जनको क्रममा विवाद भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य भएको छ ।
बिहीबार राति अबेर स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरुसहितको सर्वपक्षीय वार्ताबाट लक्ष्मी पूजाको मूर्ति बिसर्जन गर्ने र प्रहरीको गोलीबाट मारिएका व्यक्तिको शव उठाउने सहमति भएको हो ।

वार्तापछि प्रहरीको सहयोगमा लक्ष्मीपूजाको मूर्ति राति नै बिसर्जन गरिएको र मृतकका आफन्तले शव बुझेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा लगेको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए । ‘राति अबेर मात्रै सम्बन्धित पक्ष वार्तामा आएको र बिहान ३ बजेसम्मको वार्तापछि सहमतिमा पुगेको उनले बताए । मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउने भएपछी सहमती भएको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस