Techie IT
×
गृहपृष्ठसमाचारट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु


काठमाडौँ।  अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ।

सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । आज बिहान मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा  पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए

उनकाअनुसार दुर्घटनामा अन्य १ जना गम्भीर घाइते भएका छन् । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए ।

घाइतेहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस