Techie IT
×
गृहपृष्ठसमाचारसुर्खेतका युवक कैलालीमा मृत फेला

सुर्खेतका युवक कैलालीमा मृत फेला


कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी)कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए ।

उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी बरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इप्रका लम्कीको संयुक्त टोली घटनास्थलतर्फ गएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस