गृहपृष्ठ ∕ समाचार ∕ सुन प्रकरण : कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा सुन प्रकरण : कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा दीप संञ्चार चैत्र ९, २०८० गते १४:०४ मा प्रकाशित काठमाडौँ। पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा अपराध अनुसन्धान ब्युरोमा हाजिर जमानीमा रिहा भएका छन् ।इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई रुपन्देहीबाट पक्राउ गरेको थियो ।उनलाई सुन तस्करी छानबिन आयोगले कानुनी कारबाही गर्न सिफारिस गरेपछि यसअघि भैरहवाबाट पक्राउ गरिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले महरालाई थप अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।तर, उनको स्वास्थ्य अवस्थाका कारण महरालाई नर्भिक अस्पतालमा भर्ना गर्न सिआइबीले अस्पतालमै रहन निर्देशन दिएको थियो ।पक्राउ परेपछि महराले सरकारी वकिलको कार्यालयमा बयान दिँदै सुन तस्करी मुद्दामा आफ्नो संलग्नता नरहेको दोहोर्याएका छन् ।सिआइबी र सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा महराको संलग्नताबारे बयान लिने निष्कर्ष निकाल्दै महरालाई रिहा गर्ने निर्णय गरेको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल