Techie IT
×
गृहपृष्ठसमाचारसुन प्रकरण : महरालाई हाजिर जमानीमा छाड्ने तयारी

सुन प्रकरण : महरालाई हाजिर जमानीमा छाड्ने तयारी


काठमाडौँ।  सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ ।

महराको स्वास्थ्य अवस्थालाई कारण देखाउदै हाजिरी जमानीको अनुरोध गर्ने तयारी गरिएको हो । अदालतबाट प्राप्त ४ दिनको म्याद सकिएसँगै महरालाई आज म्याद थपका लागि अदालत पेश गरिन लागेको हो ।

अदालतमा स्वास्थ्य अवस्था कमजोर देखाएर अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न अनुरोध गरिने सिआइबी स्रोतले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई दिन लगाएर महरासँगको बयान लिइसकेको छ ।

सीआइबीको बयानपछि महरालाई नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गरिएको थियो । बयानका क्रममा उनको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।

महरालाई गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएकोे थियो । गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको आरोपमा महरामाथि अनुसन्धान सुरु भएको हो ।

सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस