Techie IT
×
गृहपृष्ठसमाचारकृष्णबहादुर महराको बयान सकियो

कृष्णबहादुर महराको बयान सकियो


काठमाडौं। माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्यालय र सीआईबी दुबईतर्फबाट बयान तथा सोधपुछ गरिएको हो ।

कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई म्याद थप्ने या हाजिरी जमानी छाड्ने भन्नेबारे टुङ्गो लगाइने सीआईबीको भनाइ छ ।

उनी बिरामी भएकाले हाजिर जमानीमा छाड्ने कुराहरू आएका छन् । स्रोतका अनुसार उनलाई स्वास्थ्यको कारण देखाएर हाजिर जमानीमा छाड्ने तीव्र दबाब छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस