Techie IT
×
गृहपृष्ठसमाचारसुन तस्करी प्रकरण : महराले सीआईबीलाई दिए बयान

सुन तस्करी प्रकरण : महराले सीआईबीलाई दिए बयान


काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालयमा पुगेका थिए ।

बयान सकेर महरा फेरी अस्पताल फर्किएको स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई अस्पताल भर्ना गरिएको छ ।

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौंले आदेश दिएकाले महरालाई अस्पताल भर्ना गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । तर, महरा अस्वस्थ भएकाले अस्पतालमा नै राखिएको छ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस