गृहपृष्ठ ∕ समाचार ∕ महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा दीप संञ्चार कात्तिक १४, २०७६ गते १९:५२ मा प्रकाशित काठमाडौं, यौन दुराचारको अभियोग लागेका नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।महानगरीय प्रहरी परिसरबाट प्राप्त अनुसन्धानको फाइल अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो । जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो ।सरकारी वकिलको कार्यालयले सार्वजनिक पदमा बसेको व्यक्तिले करणी प्रयास गरेको हुनाले थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो ।नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अब उनीमाथि लगाइएको अभियोगबारे उनी पक्षका वकिलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा सादा तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने अदालतले निर्णय दिनेछ । यो संहिता अन्तर्गत १८ वर्षमाथिका महिलालाई बलात्कार गरेको पुष्टि भएमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।बलात्कार प्रयासको हकमा अधिकतम् १० वर्षको आधा अर्थात् ५ वर्ष जेल सजाय माग गरिनेछ । महराविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ आकिर्षत हुने गरि अभियोगपत्र दर्ता गरिँदैछ । यो संहिताको दफा १५ ‘ङ’ मा ‘कुनै सरकारी कार्यालय, सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ व्यवस्था गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दाएनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सोसियल अवार्डबाट सम्मानितनेपालमा फस्टाउदै आधुनिक बेश्यावृत्तीसन्दीपमाथि निलम्बन फुकुवा, क्रिकेट मैदानमा फर्कने वाटो खुल्ला धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा ! ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्