Techie IT
×
गृहपृष्ठसमाचारस्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको संघा दिनु पर्दैन : सांसद विनोद चौधरी

स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको संघा दिनु पर्दैन : सांसद विनोद चौधरी


काठमाडौँ। उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको संघा दिनु नपर्ने बताएका छन्

बाँसबारी जग्गा प्रकरणमा उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले बयान लिएको छ ।

आज बिहान सरकारी वकिलको कार्यालयमा आफैँ पुगेका चौधरीसँग सीआईबीले झण्डै दुई घण्टा बयान लिएको हो । बयान दिएर निस्कने क्रममा चौधरीले जग्गा प्रकरणका नाममा आफूमाथि राजनीतिकरण गरिएको बताएका छन् ।

उनले विगत १४० वर्षदेखि आफ्नो परिवारले मुलुकमा थुप्रै उद्योग तथा परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै १० रोपनी जग्गाका लागि कुदृष्टि राख्यो भन्नु विकृत मानसिकताको उपजबाहेक केही नभएको बताए ।

चौधरीले कारखानाको जग्गा आफ्ना बुबाको पालामै कानुनी रुपमा नै आएको बयान दिएका छन् । उनले बाँसबारी जग्गा प्रकरणमा आफू चोखो रहेको जिकिर गर्दै यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित बनाउने बताए ।

उनले भने, ‘मैले कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो ।’

अहिले राजनीतिक स्टन्ट भइरहेको उल्लेख गर्दै उनले आफ्नो चरित्रको प्रमाणपत्र उनीहरुलाई दिइरहन जरुरी नभएको समेत बताए ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सीआईबीले उनलाई बयानको लागी बोलाएको थियो ।

सो जग्गा प्रकरणमा सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गत माघ १८ गते पक्राउ गरेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #Breakig, #breaking

तपाईको प्रतिक्रिया दिनुहोस