गृहपृष्ठ ∕ समाचार ∕ गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी दीप संञ्चार चैत्र ७, २०८० गते १२:०६ मा प्रकाशित काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका समिति गठन नभएसम्म संसद बैठक सहज ढंगबाट अघि बढ्न नसक्ने बताइन् ।उनले प्रतिपक्षीको जायज मागमा सुनुवाइ नभए आगामी संसद बैठक सरकारकै गैरजिम्मेवारका कारण चल्न नसक्ने चेतानी दिइन् ।उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौँ ।’सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने उनको भनाइ छ ।कांग्रेसको माग बमोजिम हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै