गृहपृष्ठ ∕ समाचार ∕ गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे आगामी बैठक चल्न नदिने कांग्रेसको चेतावनी दीप संञ्चार चैत्र ७, २०८० गते १२:०६ मा प्रकाशित काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ ।आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका समिति गठन नभएसम्म संसद बैठक सहज ढंगबाट अघि बढ्न नसक्ने बताइन् ।उनले प्रतिपक्षीको जायज मागमा सुनुवाइ नभए आगामी संसद बैठक सरकारकै गैरजिम्मेवारका कारण चल्न नसक्ने चेतानी दिइन् ।उनले भनिन्, ‘आउँदो सदनमा सरकार पक्षले समिति बनाउन मानेन भने यो सदन हामीले होइन सत्तापक्षलाई यो सदन चाहिएको रहेनछ, जनताको काम चाहिएको रहेनछ भन्ने बुझ्छौँ ।’सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने उनको भनाइ छ ।कांग्रेसको माग बमोजिम हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल