गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारमा नेपाल नेसनल डे भब्य रूपमा मनाईयो कतारमा नेपाल नेसनल डे भब्य रूपमा मनाईयो दीप संञ्चार फागुन २७, २०८० गते १३:४५ मा प्रकाशित दोहा-कतार एक्स्पोमा नेपाल नेसनल डे(Nepal National Day) भब्य रुपमा मनाईएको छ।नेपाली दूतावास कतारको आयोजना र नेपाल व्यवसायी संघ कतार साथै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्,कतारको सह आयोजनामा नेपाल नेसनल डे(Nepal National Day) कतारमा भब्य रुपमा मनाईएको हो।कार्यक्रममा नेपाली राजदूत डाक्टर नरेशविक्रम ढकालले नेपालको भौगोलिकता,प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै आफ्ना महत्वपूर्ण भनाई राखेका थिए ।एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गरेका थिए ।एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत,एक्स्पोमा पेभिलियन संचालन गर्ने विभिन्न मुलुकका कमिस्नर जनरलहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा,नेपालीहरुले दौरा सुरुवाल तथा राष्ट्रिय पोशाकमा उपस्थित भएका थिए भने विभिन्न जातजातिका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा जारी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।एक्स्पो मार्च २८ सम्म चल्नेछ। क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ