गृहपृष्ठ ∕ समाचार ∕ महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने- राजदूत ढकाल महिलाले एक अर्काको सम्मान,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने- राजदूत ढकाल दीप संञ्चार फागुन २७, २०८० गते १२:४३ मा प्रकाशित दोहा-नेपाली राजदूतावास कतारका महामहिम डाक्टर नरेश विक्रम ढकालले महिलाले एक अर्काको सम्मान गर्ने,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने बताएका छन।११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्ने क्रममा उनले बर्षमा एकदिन नारीको बारेमा भाषण र आदर्शका कुरा गरेर मात्र नारीको सम्मान नहुने बताउदै महिलाले एक अर्काको सम्मान गर्ने,इज्जत गर्ने बानीको आफूबाटेै सुरुवात गर्नुपर्ने बताएका हुन।नेपाली महिला समाज कतार र एनसिसी कतार अन्तर्गतको महिला विभाग र श्रमिक सचेतना तथा परामर्श विभागको संयुक्त आयोजनामा भएको ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिदै डाक्टर ढकालले नारी मैत्रीका भाषण र आदर्शका कुरा गर्ने व्यक्तिहरुले नै नारीमाथि दमन र अत्याचार गरेको र समाजमा प्रशस्तै देखिएको बताए ।नेपाली महिला समाज कतारका अध्यक्ष लोक माया केसीको सभापतित्व तथा नेपाली राजदूतावास कतारका महामहिम डाक्टर ढकालको प्रमुख आतिथ्यतासँगै गैर आवासिय नेपाली संघ एनआरएन एनसिसी कतारका अध्यक्ष रमेश भट्टको कार्यक्रममा विशिष्ट आतिथ्यता रहेको थियो।कार्यक्रममा समय व्यवस्थापन र नेतृत्व विकास सम्बन्धि सरिन दासले,आर्थिक मितव्ययिता सम्बन्धि दीपा सिंह र महिला स्वास्थ सम्बन्धि सरिता भण्डारी पौडेललेसचेतना प्रशिक्षण दिएका थिए।नारी दिवसको अवसरमा कार्यक्रममा उपस्थित सम्पुर्णलाई आयोजक संस्थाको लोगो अंकित कप मायाको चिनोको रुपमा प्रदान गरिएको थियो।कतारमा स्थापित विभिन्न बैचारिक संगठन,विभिन्न जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधिसहित महिला दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको बारेमा सुष्मा खतिवडाले प्रष्ट पारेकी थिइन् भने कार्यक्रमको सहजीकरण महासचिव मेनुका भन्डारीले गरेकी थिइन।क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल