Techie IT
×
गृहपृष्ठसमाचारचार मन्त्रालयमा रास्वपाको दाबी, गृह मन्त्रालय नछाड्ने

चार मन्त्रालयमा रास्वपाको दाबी, गृह मन्त्रालय नछाड्ने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालयमा दाबी गरेको छ ।

नयाँ सत्ता साझेदार दल रास्वपाले गृह, शिक्षा, श्रम र उर्जामन्त्रालयमा दाबी गरेको हो । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए ।

उच्च स्रोतका अनुसार गृहमा रबि लामिछाने, उर्जा मन्त्रालयमा स्वर्णिम वाग्ले , श्रम मन्त्रालयमा डोलप्रसाद अर्याल ९डिपी० र शिक्षामा शिशिर खनाल पठाउने योजना छ ।

गृह मन्त्रालय नछोड्ने रास्वपाको अडान छ । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने जनाइएको छ ।

मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस