Techie IT
×
गृहपृष्ठसमाचारअबको दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहने

अबको दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री रहने


काठमाडौँ- कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच सरकारको बाँकी कार्यकाल आधा-आधा बाँड्ने सहमति भएको छ।

‘सरकारको बाँकी कार्यकाल २र२ वर्ष बाँड्ने उहाँहरूबीच भएको एउटा सहमति हो।’ पुस १० मा एमालेको समर्थनमा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

त्यति बेलानै ओली र प्रचण्डका बीचमा आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको थियो।

तर दुई महिना टिक्न नपाउंदै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेको थियो।

एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो। एमालेसहितका मन्त्रीहरूले आजै शपथ लिँदैछन्।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस