Techie IT
×
गृहपृष्ठग्लोबलनवलपरासि सेवा समाज कतारको तेश्रो अधिबेसन सम्पन्न

नवलपरासि सेवा समाज कतारको तेश्रो अधिबेसन सम्पन्न


दोहा- नवलपरासि सेवा समाज कतारको तेश्रो अधिबेसन सम्पन्न भएको छ ।शुक्रबार सम्पन्न तेश्रो अधिबेशनको बन्द सत्रबाट अध्यक्षमा दुर्गा हमाल सर्वसहमतले चुनिएका छन ।

कार्यसमितिको उपाध्यक्षमा नर बहादुर थापा, महासचिव चन्द्र लेङ्गे तमु, सचिव विष्णु शाही, कोषाध्यक्ष रामजी सुवेदी, सह–कोषाध्यक्ष कृष्ण क्षेत्री रहेका छन् भने कार्यसमिति सदस्यहरुमा क्रमस ,सद्धाम हुसेन, रमेश पुरी, रबिन अधिकारी, लोक प्रसाद न्यौपाने, मोनीका श्रेष्ठ, कमला भण्डारी, रुद्र न्यौपाने मानसिहं विक र रिता पौडेल सर्व सहमत निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक केबी हमालले सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

न्यु सलाता स्थित कतार च्यारिटी को शभाहलमा सम्पन्नअधिबेसन मा नेपाली नियोग कतार का नियोग उप प्रमुख कुमार राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्ष समाजका अध्यक्ष कृष्ण पन्थी थिए ।

कार्यक्रममा कतारमा स्थपित संघसस्थाहरुको बाक्लो उपस्थिती रहेको थियो ।संस्थाका महासचिव तथा कार्यक्रम सन्चालक दुर्गा बहादुर हमालले संस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सन्चालन भएको थियो । खुल्ला सत्रको समापन गर्दै कार्यक्रम तथा समाजका अध्यक्ष पन्थिले समाजले श्रमिकलाई श्रमिक बाट मालिक बनाउने उद्देश्य ले अहिले १ लाख ८७ हजार कतारी रियल ट्याक्सी र पसल(बकाला) मा लगानी गरेको बताए ।

कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष अमित बराईलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण
महासचिव दुर्गा हमालले गरेका थिए ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस