Techie IT
×
गृहपृष्ठसमाचारथापाथली प्रसूति गृहबाट चोरिएकी बालिका काँडाघारीमा फेला,महिला नियन्त्रणमा

थापाथली प्रसूति गृहबाट चोरिएकी बालिका काँडाघारीमा फेला,महिला नियन्त्रणमा


काठमाडौँ – काठमाडौँको थापाथली स्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरिएकी बालिका फेला परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २६ दिने बालिकालाई काठमाडौँको काँडाघारीबाट हिजो राति ११:४५ मा उद्धार गरेको हो ।

बच्चा चोरीमा संलग्न आरोपमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । बच्चा चोर्ने महिला दैलेखकी मनिषा सिंह रहेको खुलेको छ । उनीसँगै उनकी दिदीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । काँडाघारी स्थित डेराबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जनाएको छ । बालिकालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा राखिएको छ ।

बच्चा नभएकाले चोरी गरेको ती महिलाले प्रहरीसमक्ष स्वीकार बयान दिएको छिन् ।

बच्चा हराएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खोजीमा खटिएको थियो । सिसिटिभीमा देखिएको हुलिया अनुसार रातो कुर्ता, सुरुवाल र कालो मास्क लगाएकी महिलाले बच्चा बोकेर हिँडेको देखिएको थियो ।

 


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस