Techie IT
×
गृहपृष्ठग्लोबलगल्फनेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल र कतार स्थित नियोग प्रमुख डा. ढकाल वीच भेटवार्ता 

नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल र कतार स्थित नियोग प्रमुख डा. ढकाल वीच भेटवार्ता 


दोहा – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र कतार स्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकालविच संक्षिप्त भेटवार्ता भएको छ ।

महासंघको कतार शाखाको आठौं अधिवेशनकि प्रमुख अतिथिका रुपमा कतार आईपुगेका अध्यक्ष पोख्रेल र नियोग प्रमुख ढकाल वीच विहिबार संक्षिप्त सात्क्षात्कार भएको हो ।

पोख्रेल संगै मोफसलका वरिष्ठ संचार कर्मी एवं महासंघका केन्द्रीय सदस्य प्रदिप काफ्ले समेत कतार शाखाको अधिवेशन सम्बोधन गर्न दोहा आएका छन् ।

नियोगसंगको संक्षिप्त्त छलफल कै क्रममा महासंघका अध्यक्ष पोख्रेलले कतारको तिब्र विकासका बारेमा नेपाल पत्रकार महासंघ र कतार पत्रकार महासंघ विचको सहकार्य र नियोगको संयोजनमा एउटा समिती नै तयार पारी कतारले छोटो समयमा गरेको प्रगतिको विषयमा अध्ययन गरि नेपाल सरकारल सुझाव गर्ने वातावरण श्रीजान गर्न अनुरोध गरे ।

पोख्रेलले सत्यतथ्यमा आधारित र कतार सरकारको आधिकारिक सूचना नेपाली समुदायमा प्रवाहका निम्ति नेपालीलाई लक्षित गरि नेपाली मिडियाको पहल गर्न नियोयोग प्रमुखलाई अनुरोध समेत गरे ।

नियोग प्रमुख ढकालले अध्यक्ष पोख्रेलको सुझावलाई आत्मसात गर्दै छिट्टै हुने कतारका राजा अमिर शेख तमिमको नेपाल भ्रमण सफलताको अपेक्षा गर्दै भने, ‘अमीरको ऎतिहासिक भ्रमण छोटो भए पनि विशेष र उपलब्धि पूर्ण हुनेछ, यस्का लागि महासंघ र नेपाली मिडियाको भुमिका अहम रहेनेमा म विश्वस्त छु । अध्यक्ष ज्यूले संघको तर्फबाट विशेष भुमिकाको अपेक्षा गरेको छु ।’

नियोग प्रमुख ढकालले कतारको सरकारको श्रीमिक नियम अत्यन्तै उत्कृष्ट रहेकोमा उच्च प्रशंसा गर्दै जिवन विमाका सम्बन्धमा भने कामको अवधिभरको मात्रै विमा हुँदा कार्यक्षेत्र भन्दा बाहिर अथवा कामको अवधी भन्दा बाहिर हुने दुर्घटनालाई सम्बोधन हुन नसक्दा श्रमिक मारमा परेको जानकारी दिए ।

कतार शाखाका अध्यक्ष करिम बक्स मियाले केन्द्रीय अध्यक्ष पोख्रेल र सदस्य काफ्लेको कतार भ्रमण बारे जानकारी दिदै दुईदेश विचको मितव्ययीतामा टेवा पुर्याउनेमा विश्वस्त रहेको जानकारी दिए ।


क्याटेगोरी : ग्लोबल, गल्फ, समाचार
ट्याग : #breaking, #hot, #NRNA, #कतार, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस