जुवा-तास अपडेट : देशभर बाट १ सय २ जना जुवाडे प्रहरी नियन्त्रणमा
काठमाडौं, तिहारमा जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न ठाउँबाट १ सय २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबारमात्रै देशका विभिन्न स्थानबाट १ सय २ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार भक्तपुर, सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडासहित ८ जना नगद २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ परेका छन् ।
त्यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका– ९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत ६ जना नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक ताससहित पक्राउ परेका छन् ।
उता, गुल्मीको गुल्मीदरवार गाउँपालिका–७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका–१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जना नगद २ लाख ८२ हजार ४ सय २२ रुपैयाँसहित पक्राउ परेका छन्।
वर्दियास्थित राजापुर नगरपालिका–१ बस्ने गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक ताससहित सोमबार बिहानै प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै वर्दिया, बाँसगढी नगरपालिका–९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने प्रताप थारु लगायत ९ जना नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक ताससहित सोमबार पक्राउ परेका छन् ।
यता, चितवन, खैरहनी नगरपालिका–१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका–१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जना नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् ।
त्यसैगरी चितवन, भरतपुर महानगरपालिका–१४ महेन्द्र चोकस्थित महिनीपाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका–८ बस्ने ४२ वर्षीय कुलबहादुर भुजेल लगायत १२ जना नगद ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ परेका छन् ।
दाङको लमही नगरपालिका–५ लमहीबजार बस्ने ४८ वर्षीय रत्नप्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्नप्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडासहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सबैसँग गरेर १९ लाख ६६ हजार ८ सय ३३ रुपैयाँ बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ
क्याटेगोरी : समाचार
ट्याग : #जुवाडे
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस