Techie IT
×
गृहपृष्ठग्लोबलकतारमा गायक प्रमोद खरेल सम्मानित

कतारमा गायक प्रमोद खरेल सम्मानित


दोहा-झापाली समाज कतारले गायक तथा संगीतकार प्रमोद खरेललाई सम्मान गरेको छ ।

लालीगुराँस रेस्टुरेन्ट एक कार्यक्रमको आयोजना गरि समाजले खरेललाई सम्मान गरिएको हो ।

कतार भ्रमणमा रहेका गायक खरेललाई सम्मान पत्रसहित मायाको चिनो प्रदान गरिएको थियो।

समाजका अध्यक्ष केशव  कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा गायक खरेलकै प्रमुख आतिथ्य रहेको थियो भने समाजका  संरक्षक  चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला,लगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा सयौं झापाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

समाजका उपाध्यक्ष चानीलाल राजवंशीले  स्वागत गरेको कार्यक्रमको संचालन महासचिव बिजय मगरले गरेका थिए।
कतारमा सन २००४ मा स्थापना भएको समाजले विभिन्न सामाजिक तथा परोपकारी कामहरु गर्दै आएको छ।


क्याटेगोरी : ग्लोबल, समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस