Techie IT
×
गृहपृष्ठसमाचारआजको मौसम : दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह

आजको मौसम : दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु, चिसोबाट बच्न आग्रह


काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ।

साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मौसम

तपाईको प्रतिक्रिया दिनुहोस