गृहपृष्ठ ∕ समाचार ∕ भारतमा तीन नेपालीको विभत्स हत्या भारतमा तीन नेपालीको विभत्स हत्या दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:४४ मा प्रकाशित काठमाडौं, भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले राससलाई बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।’उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन छिन् । यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका स्थानीय प्रहरीले गरेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ ।टाइम्स अफ इन्डियाका अनुसार उनीहरु बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्दछ । स्थानीयबासीले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्तिहरु जिप चढेर उनीहरु बसेको घरमा गत शुक्रबार आएका थिए । घरको भान्सा कोठामा मासु र अन्य खानेकुराहरु पनि भेटिएको छ । भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर प्रिन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ ।भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तीनवटा टिम गठन गरेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्युबँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु२४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्युवैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ७सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट कमल थापाले छोडे राप्रपा ! एकैदिन १९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ११ जनाको मृत्यु युक्रेन तनाव : मस्को र वासिङ्टनमा वार्ता, महत्त्वपूर्ण रुसी पाइपलाइन बन्द गराइदिने बाइडनको चेतावनी बँदेलको आक्रमणबाट १५ वर्षीय किशोरको मृत्यु नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग वामदेव गौतम : एमसीसी फिर्ता लैजाऊ एनआरएनए एचएलसीले भन्दा पहिला प्रतिवेदन कसरी पब्लिक भयो ? वृतान्त र निचोडसहित २४ घण्टामा थप १५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु