गृहपृष्ठ ∕ समाचार ∕ भारतमा तीन नेपालीको विभत्स हत्या भारतमा तीन नेपालीको विभत्स हत्या दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:४४ मा प्रकाशित काठमाडौं, भारतको पिथौरागढमा तीन नेपाली मजदुरको विभत्स हत्या भएको छ ।बैतडीको पुरचौडी नगरपालिका-५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको हो । हरे र बीरा सहोदर भाइ हुन् ।उनीहरुको पिथौरागढको मडधुरा गाउँमा ८ कात्तिकमा हत्या भएको हो । उनीहरुको हत्याबारे आइतबार मात्रै थाहा भएको जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहराले राससलाई बताएका छन् । उनले भनेका छन्, ‘उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ ।’उनीहरुले पिथौरागढमा डेढ वर्षयता मजदूरी गर्दै आएका थिए । बीरा केही महिनाअघि मात्रै दाजुभाउजूलाई भेट्न पिथौरागढ गएका थिए र उतै मजदूरी गर्दै आएका थिए ।हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन छिन् । यो घटनामा उनको संलग्नता हुनसक्ने आशंका स्थानीय प्रहरीले गरेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ ।टाइम्स अफ इन्डियाका अनुसार उनीहरु बसेको घर गाउँभन्दा केही टाढा जंगलमा पर्दछ । स्थानीयबासीले प्रहरीलाई दिएको जानकारीअनुसार केही व्यक्तिहरु जिप चढेर उनीहरु बसेको घरमा गत शुक्रबार आएका थिए । घरको भान्सा कोठामा मासु र अन्य खानेकुराहरु पनि भेटिएको छ । भारतीय मिडियाहरुका अनुसार अलमोडाबाट घटनास्थलमा आएको फरेन्सिक जाँचको टोलीले फिंगर प्रिन्टलगायतका नमूना संकलन गरेर फर्किएको छ ।भारतीय प्रहरीले हत्याको अनुसन्धान गर्न र हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न तीनवटा टिम गठन गरेको टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगृहमन्त्री गुरुङले दिए राजीनामाप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ