गृहपृष्ठ ∕ समाचार ∕ बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने बोर्ड र मलेसियन कम्पनी एफडब्लुडब्लुएमसीबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने दीप संञ्चार माघ ७, २०८० गते २२:०७ मा प्रकाशित काठमाडौं-मलेसियाको निजि कम्पनी एफडब्लुडब्लुएमसी र बैदेशिक रोजगार बोर्डबीचको सम्झौता तत्काल कार्यान्वयन नहुने भएको छ ।वैदेशिक रोजगार व्यवसायीहरुले व्यवसायी तथा कामदार बिरोधी सम्झौता भन्दै तत्काल खारेज गर्न माग गरेको सो सम्झौता आइतबार बोर्ड बैठकले प्रधानमन्त्री र श्रम मन्त्रालयको निर्देशनलाई मान्दै हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगार बोर्डको गत मंसिर २१ मा सम्पन्न बोर्ड बैठकको निर्णय बमोजिम वैदेशिक रोजगार बोर्डको सचिवालय र मलेशियास्थित एफडब्लुडब्लुएमसीबीच मलेशियामा रहेका नेपाली श्रमिकहरुको राहत, उद्दार लगायतका कल्याणकारी कार्य गर्ने विषयमा सम्झौता भएको थियो ।‘विभिन्न सरोकारवालाहरुसँग थप छलफल गरेर मात्र टुंगोमा पुग्न आवश्यक भएकोले हाललाई उक्त सम्झौता कार्यान्वयन नगर्न प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको र सोहीअनुसार आवश्यक कार्यान्वयनका लागि भनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकोे पत्र प्राप्त भएकोले उल्लेखित सम्झौता हाल कार्यान्वयन नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराईन्छ’, बोर्डका कार्यकारी निर्देशक उप्रेतीले उल्लेख गरेका छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप