Techie IT
×
गृहपृष्ठअपराधकोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या

कोदालो र खुर्पा प्रहार गरी गर्भवती श्रीमतीको हत्या


नवलपरासी पूर्व – आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा लम्ला मगरको हत्या गरेको अभियोगमा हुप्सेकोट गाउँपालिका-६ बिरुखर्क बस्ने ३३ वर्षीय शेर बहादुर लम्का मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

शेर बहादुरले आफ्नै श्रीमतीलाई गएराति कोदालो र खुर्पा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व र प्रहरी चौकी हुप्सेकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको छ ।

मृतक मगर गर्भवती रहेको र कोदालो, खुर्पासहित शेर बहादुर लम्का मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध, समाचार
ट्याग : #श्रीमतीको हत्या

तपाईको प्रतिक्रिया दिनुहोस