Techie IT
×
गृहपृष्ठसमाचारप्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै


काठमाडौँ – युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् ।

 

असंलग्न राष्ट्रहरूको आन्दोलन नामको उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई आज काठमाडौँ फर्कने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उहाँ नेपाली टोली सहित गएका थिए । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस