गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ दीप संञ्चार पुस २८, २०८० गते १७:१९ मा प्रकाशित जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ।कोभिड–१९ को पुष्टि गरिएका घटना सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी रहेको महामारी तथा संक्रमण रोकथामका निम्ति जिम्मेवार विश्व स्वास्थ्य संगठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएकी हुन् ।५० देशबाट अझै पनि प्रतिमहिना करिब १० हजारजनाको कोरोना–सम्बन्धित मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ ।भान केरखोभले भाइरसको विकसित प्रकृतिका बारेमा चिन्ता व्यक्त गर्दै कोभिड–१९ को पछिल्लो संस्करणले विश्व स्वास्थ्य संगठनद्वारा विश्लेषण गरिएको विश्वव्यापी अनुक्रमको लगभग ५७ प्रतिशत प्रतिनिधित्व गर्ने बताएकी छन् ।डिसेम्बर २०२३ को अन्त्यसम्ममा ७० लाखभन्दा बढी कोभिड–१९ संक्रमणपछि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।क्याटेगोरी : समाचार, स्वास्थ्यट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट