Techie IT
×
गृहपृष्ठसमाचारपञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ : प्रधानमन्त्री

पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुन्छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी गरेका छन्।

बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनलेआफ्नो भारत भ्रमण र केही दिनअघि भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले दुई देशको सम्बन्धलाई मजबुत बनाउनका साथै १० हजार मेगावाट विद्युत भारतले किन्ने सम्झौता लागू भएको बताए । उनले पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको बताए ।

प्रधानमन्त्री दाहालले पञ्चेश्वर परियोजनाले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पार्ने दाबी गरे।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस