Techie IT
×
गृहपृष्ठसमाचारबाजुरामा उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरामा उपचारका क्रममा सुत्केरीको मृत्यु


बाजुरा । बाजुराको कोल्टीमा उपचारका क्रममा एकजना सुत्केरीको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको मृत्यु भएको हो।

हुम्लाको ताजाकोट गाउँपालिका–५ डोप्ककी २२ वर्षीया अन्सु बुढाको उपचारका क्रममा मृत्यु भएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा रञ्जित शाहले जानकारी दिए।

उनी यही पुस १२ गते गाउँपालिकाको मदना स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन्। सुत्केरी भएकी बुढाको स्वास्थ्यमा जटिल समस्या आएपछि उनको परिवारले थप उपचारका लागि कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको डा शाहले बताए।

सुत्केरीपछि बुढामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो। समयमै उपचारका लागि सुविधायुक्त अस्पताल लैजान सकेको भए उनलाई बचाउन सकिने चिकित्सकको भनाइ छ। शिशुको अवस्था भने सामान्य रहेको डा. शाहले बताए।


क्याटेगोरी : समाचार, समाज
ट्याग : #मृत्यु

तपाईको प्रतिक्रिया दिनुहोस