Techie IT
×
गृहपृष्ठसमाचारराष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मनोनयन (उम्मेदवारी) दर्ता हुँदैछ ।

 

सबै प्रदेशका निर्वाचन कार्यालयमा आज एकै दिन मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ ।

 

निर्वाचन आयोगले आइतबार मतदाताको लागि अन्तिम नामावली प्रकाशित गरेपछि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

निर्वाचनका लागि प्रमुख दल कांग्रेस, एमाले र माओवादीले उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमाले माओवादीले आइतबार नै उम्मेदवार टुंग्याएका थिए भने कांग्रेसले बिहानै मात्रै टुंगो लगाएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस