Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ रोल्पाली सेवा समाज कतारको अध्यक्षमा डाँगीं

रोल्पाली सेवा समाज कतारको अध्यक्षमा डाँगीं


दोहा– अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाको तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न  भएको छ l

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष दीपेन्द्र डाँगीको सभापतित्व, एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको हो।

कार्यक्रम खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको थियो।कार्यक्रमको बन्द सत्रबाट गोपाल डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खड्का, उपाध्यक्षहरूमा क्रमश- जित बहादुर परियार, मानसिंङ परियार र चित्रा केसी, महासचिवमा शोभाराम ओली, सचिवमा सुजाता डीसी, कोषाध्यक्षमा चैनसिंह घर्ती र सह-कोषाध्यक्षमा माया केसी चयन भएका छन l

त्यसैगरी कार्यसमिति सदस्यहरूमा माल बहादुर ओली, दीपेन्द्र रोका मगर, अर्जुन खत्री, शिवाराम खडका, हस्तमाली डाँगी, गौसरी खत्री, प्रमीला खत्री, पार्वती डाँगी, मोतीराम ओली, ओम बहादुर खड्का, दिलमाया रोका मगर र मान प्रसाद रोका रहेका छन l

कार्यक्रमको बन्द सत्रबाट बनेको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मणि पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने तेस्रो अधिवेशनसँगै केन्द्रीय विधान अनुसार समाजले आफ्नो नाम परिवर्तन गरी ‘रोल्पाली सेवा समाज कतार शाखा’ राखेको छ l

कार्यक्रममा सामाजिक ब्याक्तित्व सागर नेपाल, जनप्रगतिशिल मंचबाट विकास गैरे ,बुद्धिजीवी चानक  पोख्रेल, रोल्पा जलजलाबाट बलराम जैसी, आईसीसी सदस्य दीपजङ्ग शाह ठकुरी , अनेसास कतारका अध्यक्ष लेख कार्की, पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिंया, नेपाली जनसम्पर्क समितीको तर्फबाट ठाकुर कुमार परियार, प्रवासी नेपाली मंचका अध्यक्ष प्रभात त्रिपाठी, सस्थाका सल्लाहकार दिपेन्द्र ओली, कतार नेपाली एकता समाजबाट बलदेव राणा, नेपाली महिला समाजकी महासचिव सन्धा अर्याल  दाङ देउखुरी सेवा समाजको तर्फबाट चिन्तामणी भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा कलाकारहरु मानसिङ परियार, गुना मगर निशु, जीवन राई, कृष्ण परियार, अमृत परियार र चित्रा केसीले आ-आफ्नो सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा सस्थाको विभिन्न भूमिकामा रहेर योगदान गर्ने सल्लाहकारहरु दिपेन्द्र ओली, हस्तमाली डांगी र हरि डांगीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो,साथै  कलाकारहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको सहजिकरण र कार्यप्रगती विवरण पेश शोभाराम ओलीले गरेका थिए भने गोपाल डागीले स्वागत मन्तव्य राखेका थिए ।


क्याटेगोरी : समाचार, गल्फ


तपाईको प्रतिक्रिया दिनुहोस