Techie IT
×
गृहपृष्ठसमाचारबालकुमारी घटना : डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित

बालकुमारी घटना : डिएसपी र मन्त्री ज्वालाका पिएसओ निलम्बित


काठमाडौं । सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै दुई प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार र सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यसबारे जानकारी दिएका हुन् । सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग पनि उक्त घटनाका सम्बन्धमा छलफल गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस